२०८१ माघ २, बुधबार
Health Aawaj logo
गृहपृष्ठराजनीतिआफुलाई सरकारबाट हटाउन विपक्षीलाई प्रधानमन्त्री ओलीको चुनौती

आफुलाई सरकारबाट हटाउन विपक्षीलाई प्रधानमन्त्री ओलीको चुनौती


काठमाडौं । नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन २९ गते  बृहत राष्ट्रिय  कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पार्टीले माधवकुमार नेपाल र झलनाथ खनाल पक्षका नेताहरूलाई कुनै जिम्मेवारीबाट नहटाएको बताएका छन् ।

उक्त भेलामा ओलीले नेपाल-खनाल समूह बैठकमा आए कसरी अगाडि बढ्ने भन्‍नेबारे सल्लाह गर्न आफू तयार रहेको उनले बताएका छन् । उनले हाललाई पार्टी चलाउँका लागि केही साथीहरूलाई केही कामको बाँडफाँड गरेकाे बताए ।’

ओलीले चैत ७ गते बोलाएको केन्द्रिय कमिटीको बैठकमा आएमा आफू छलफल गर्न तयार रहेको बताएका छन् । यदी उक्त बैठकमा नआए विधान बमोजिम कारबाही गर्ने चेतावनी पनि उनले दिएका छन् ।

ओलीले अहिले सक्नेले आफुलाई प्रधामन्त्रीबाट हटाउन विपक्षीलाई चुनौती दिएका छन् । मोर्चा कसेर,षडयन्त्र गरेर प्रधामन्त्रीबाट हटाए पनि नेकपा एमाले २० महिनापछि दुई तिहाइ बहुमतसाथ सिंहदरबारकाे मुल गेटबाट प्रवेश गर्ने उनले भने ।

एकता कायम राख्‍न र मिलेर अगाडी बढ्न नेकपा माओवादी केन्द्र का नेता कार्यकर्तालाई अनुरोध गरे ।


क्याटेगोरी : राजनीति
ट्याग : #केपी शर्मा ओली


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ