२०८१ माघ २३, बुधबार
Health Aawaj logo
गृहपृष्ठप्रदेशकोशी प्रदेशविराटनगरमा मेडिसिटी अस्पतालले मुटुको विशिष्ट उपचार सुरु गर्ने

विराटनगरमा मेडिसिटी अस्पतालले मुटुको विशिष्ट उपचार सुरु गर्ने


ललितपुर । विराटनगरमा नेपाल मेडिसिटी अस्पतालले मुटुको विशिष्ट उपचार सुरु गर्ने भएको छ ।

सो अस्पतालले वैशाख आउदो १ गते देखि इन्टरभेन्सन् कार्डियोलोजी लगायत मुटुको अधिकांश विशिष्ट उपचार विराट मेडिकल कलेज टंकी सिनुवरी, बिराटनगरबाट सुरु गर्ने भएको हो ।

ललितपुरस्थित नेपाल मेडिसिटी अस्पताल र विराटनगरस्थित विराट मेडिकल कलेजले चैत ९ गते सोमबार एक सम्झौता गरेसँगै नेपाल मेडिसिटीका मुटुरोग विशेषज्ञहरुले विराटनगरमा सेवा विस्तार गर्ने भएको छ ।

सम्झौतापत्रमा हस्ताक्षर अस्पतालका कर्पोरेट विकास प्रमुख पंकज बाँस्कोटा तथा विराट मेडिकल कलेजका प्रमुख कार्यकारी अधिकृत तथा उपाध्यक्ष डेनिस कार्कीले गरेका छन्।


क्याटेगोरी : कोशी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ