२०८१ माघ २३, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपालगन्ज उपमहानगरमा एक साताको लागि लकडाउन

नेपालगन्ज उपमहानगरमा एक साताको लागि लकडाउन


काठमाडौँ – नेपालगन्ज उपमहानगर क्षेत्रमा १ साताको लागि लकडाउन घोषणा गरिएको छ।

बाँके जिल्ला प्रशासन कार्यालयले नयाँ प्रजाति सहितको कोरोना संक्रमितको संख्या उपमहानगरपालीकाभित्र बढ्दै गएको भन्दै यसको रोकथामको लागि १ साताका लागि ‘लकडाउन’ को घोषणा गरेको हो ।

 लकडाउन राति १२ बजेबाट वैशाख १५ गते राति १२ बजेसम्म लागु हुनेछ। उपमहानगर क्षेत्रमा ३ सय ७५ बढी सक्रिय संक्रमित उपचाररत हुनुको साथै अस्पतालहरूका कोभिड वार्डहरु सबै भरिभराउ भएको  जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

अत्यावश्यक काम बाहेक हिडडुल गरेको पाइएमा देय बमोजीम कारवाही हुने बताइएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ