२०८१ माघ २३, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनर्भिक इन्टरनेशनल हस्पिटलमा पोस्ट कोभिड-१९ क्लिनिक सुरुवात

नर्भिक इन्टरनेशनल हस्पिटलमा पोस्ट कोभिड-१९ क्लिनिक सुरुवात


काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलले पोस्ट कोभिड-१९ क्लिनिक संचालन गरेको छ ।

कोरोना संक्रमण ठिक भएपछि पनि स्वास्थ्यमा विभिन्न समस्या देखा परेर आउने क्रम बढे सँगै त्यस्ता बिरामीहरुको मात्र उपचार गर्ने उद्देश्यले अस्पतालले डेडिकेटेड विशेषज्ञसहितको पोस्ट कोभिड क्लिनिक संचालनमा ल्याएको हो ।क्लिनिकमा संक्रमण निको भइसकेपछी पनि देखिने सबै खालका स्वास्थ्य समस्याको उपचार गरिन्छ ।

नर्भिक इन्टरनेशनल हस्पिटलका सिनियर फिजिसियन तथा कार्डियोलोजिष्ट डा. जेपी जैसवालका अनुसार नेपालमा समेत कोभिडपछि विभिन्न स्वास्थ्य समस्या भोग्नेहरुको संख्या बढिरहेको छ ।

कोभिड ठीक भएको लामो समयसम्म पनि धेरैलाई सामान्य शारीरिक समस्या हुँदा नै थकाई लाग्ने, छाति दुख्ने, निद्रा नलाग्ने, डिप्रेसन हुने, ब्लडप्रेसर हुने, हिड्दा स्वाँ स्वाँ हुने, सास फेर्न गाह्रो हुने जस्ता समस्याहरु देखा परेको छ । यस्ता समस्यालाई बेवास्ता गर्न नहुने डा. जैसवाल सुझाउँछन् । यस्ता समस्या हुनेहरुले नर्भिकको पोस्ट कोभिड क्लिनिकमा आएर स्तरीय उपचार सेवा लिनसक्ने उनको भनाई छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ