काठमाडौं । लगातार दोस्रो दिन पनि सेयर बजार राताम्मे भएको छ । साताको तेस्रो दिन आज नेप्से परिसुचक ११.६८ अंकले घटेर २७७१.११ अंकमा पुगेको छ ।
आज सेयर बजारमा २१६ कम्पनीको सेयर १ करोड ९७ लाख ८३ हजार ३५४ कित्ता सेयर ९८ हजार ६ सय ७ पटक ८ अर्ब ५९ करोड ८१ लाख ६० हजार १ सय १७ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज नेप्सेमा विकास बैंक ०.५९ अंक, फाइन्नस समुह ०.११, अन्य ०.०७ अंकले बढेका छन् भने उत्पादन समुह २.१९ अंक, होटल समुह २.५९ अंकले, बैंङिक समुह ०.७३ अंकले, जलविधुत समुह ०.९८ अंक, जीवनबीमा समुह ०.९७ अंक, लघुवित्त ०.३३ अंकले घटेका छन् ।
त्यसैगरी करोबार रकमका आधारमा नेपाल पुनर्बिमा कम्पनीको सेयर अगाडी रहेको छ । नेपाल पुनर्बिमाको सेयर ५७ करोड ८ लाख भएको छ । त्यसैगरी लुम्बीनी विकास बैंक ३० करोड ३८ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबै भन्दा बढी कालिका पावर कम्पनीको सेयर प्रतिकित्ता १० प्रतिशत, लुम्बीनी विकास बैंकको ८.२५ प्रतिशतले दरले बढेको छ भने दिव्यश्वरी हाइड्रोपावरको सेयर प्रतिकित्ता ५.०२ प्रतिशत, खानाखोला हाइड्रोपावरको सेयर ४.२१ प्रतिशत र जोशी हाइड्रोपावरको प्रतिकित्ता ४.१९ प्रतिशले सेयर दरले घटेको छ ।