२०८१ माघ २३, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारएकैदिन २०२० जनामा कोरोना संक्रमण पुष्टि,काठमाडौ उपत्यकामा मात्रै ८५१ थपिए संक्रमित

एकैदिन २०२० जनामा कोरोना संक्रमण पुष्टि,काठमाडौ उपत्यकामा मात्रै ८५१ थपिए संक्रमित


काठमाडौं-स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टमा काठमाडौँ उपत्यकामा ८ सय ५९ सहित थप २ हजार २० जना कोरोना पुष्टि भएको छ।

शुक्रबार पहिलोपटक २ हजार २० नयाँ संक्रमित थपिएसँगै नेपालमा संक्रमितको संख्या ६१ हजार ५ सय ९३ पुगेको छ। जसमध्ये १७ हजार ३ सय ८३ जना सक्रिय संक्रमित रहेका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको पछिल्लो विवरण अनुसार उपत्यकाको काठमाडौमा ६ सय ९८ जना, भक्तपुरमा ८२ जना र ललितपुरमा ७९ जना नयाँ संक्रमित थपिएका छन्।

पछिल्लो २४ घन्टामा उपचार पछि निको हुने संक्रमितको संख्या ८ सय ७१ रहेको छ। हाल नेपालमा १ सय ७३ जना आइसियु र ३६ जना भेन्टिलेटरमा उपचाररत छन् ।

पछिल्लो २४ घन्टामा थप ७ संक्रमितको मृत्य्ृ भएको छ । यससँगै नेपालमा मृत्यु हुने संक्रमितको संख्या ३ सय ९० पुगेको छ । उपचार पछि निको हुने संक्रमितको संख्या ४३ हजार ८ सय २० जना रहेको छ ।


क्याटेगोरी : समाचार, समाज



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ