२०८१ माघ २१, सोमबार
Health Aawaj logo
गृहपृष्ठप्रदेशमधेश प्रदेशमहोत्तरीमा थप १० दिनका लागि निषेधाज्ञा बढ्याे

महोत्तरीमा थप १० दिनका लागि निषेधाज्ञा बढ्याे


जनकपुर। जिल्ला प्रशासन कार्यालय महोत्तरीले जेठ ३१ सम्मका लागि जिल्लामा  निषेधाज्ञा थपेकाे छ ।

कोभिड-१९ संक्रमणको जोखिम बढ्दै  गइरहेकाले जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रले निषेधाज्ञा १० दिन थप गरेको हो ।
प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले जेष्ठ ३१ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निणर्य गरेको वताए ।

उनका अनुसार स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ र संक्रामक रोग ऐन २०२० को दफा २ बमोजिम जिल्लाभर निषेधाज्ञा लगाइएको छ । महोत्तरीमा गत वैशाख २२ गतेदेखि नै निषेधाज्ञा जारी छ ।

निषेधाज्ञाको अवधिमा निजी तथा सार्वजनिक सवारी साधन, हाटबजार, होटल तथा रेष्टुरेन्ट, ब्युटी पार्लर, सैलुन, शैक्षिक संस्था, ट्युसन सेन्टरलगायतका बन्द रहने छन् । खाद्यान्न, फलफूल, तरकारी, दूध डेरी, ग्यास पसल बिहान ७ बजेदेखि १० बजेसम्म र बेलुकी ४ बजे देखि ७ बजेसम्म खोल्न पाइने स्थानीय प्रशासनले जनाएको छ ।

 


क्याटेगोरी : मधेश प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ