२०८१ माघ १८, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेशकोशी प्रदेशमोरङमा थप एक साता निषेधाज्ञा

मोरङमा थप एक साता निषेधाज्ञा


विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले असार ७ गते सम्मका लागि निषेधाज्ञा थप गरेको छ ।

जिल्लास्तरीय कोरोना सङ्कट व्यवस्थापन समितिको सोमबार बसेको बैठकले जिल्लामा कोभिड-१९को जोखिम अझै पनि रहेकाले असार ७ गते सम्मका लागि निषेधाज्ञा थप निणर्य गरेको हो ।

यसअघि जारी गरिएको निषेधाज्ञा भोलि असार १ गते सकिँदैछ । निषेधाज्ञामा खाद्यवस्तु, इन्धन, खाना पकाउने ग्याँस, तरकारी, फलफूल, माछामासु, विद्यालयका पुस्तक बिक्री वितरण गर्ने पुस्तक पसललगायतका व्यवसायहरु बिहान ५ बजेदेखि बिहान ११ बजेसम्म संचालन गर्न पाइनेछ ।

यस्तै, अब वर्कसपहरु बिहानैदेनि संचालन गर्न सकिने छ । सरकारी कर्मचारीहरुले कार्यालय आउन र कार्यालय समय पश्चात घर फर्किन आ-आफ्नो परिचयपत्रको प्रयोग गरी आवतजावत गर्न सक्ने छन् भने दूध तथा दूधजन्य पदार्थ विक्री गर्ने डेरी पसल बिहान ६ बजेदेखि बेलुका ७ बजेसम्म संचालन गर्ने पाइने छ ।

 

 


क्याटेगोरी : कोशी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ