२०८२ वैशाख १७, मंगलबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रहोटल क्षेत्रमा तत्काल नयाँ तलबमान कार्यान्वयन गर्न सकिँदैन’

होटल क्षेत्रमा तत्काल नयाँ तलबमान कार्यान्वयन गर्न सकिँदैन’


काठमाडौं । होटल संघ नेपालले होटल क्षेत्रमा तत्काल नयाँ तलवमान कार्यान्वयन गर्न नसकिने बताएको छ ।

हानका अध्यक्ष सृजना राणाको नेतृत्वमा आज श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री विमलप्रसाद श्रीवास्तवलाई भेटेर कोभिड -१९ महामरीका कारण होटल क्षेत्र नराम्रोसँग थला परेको भन्दै बजेटले व्यवस्था गरेजस्तो श्रमिकलाई तत्काल नयाँ तलवमान कार्यान्वयन गर्न नसकिने बताएको हो ।

हानका प्रथम उपाध्यक्ष विनायक शाहले कोरोनाका कारण तोकिएको तलबमान समेत भुक्तान गर्न नसकेको अवस्थामा वृद्धि गरिएको नयाँ तलवमान तत्काल उपलब्ध गराउन नसकिने बताउनुभएको हो । नयाँ तलवमान उपलब्ध गराउन नसकिनेबारे होटल सङ्घ नेपाल र आधिकारिक ट्रेड युनियनबीच समझदारी भइसकेको शाहको भनाई छ ।

हानले न्यूनतम तलबमान भुक्तान गर्न नसकिएको अवस्थामा सामाजिक सुरक्षा कोषमा सम्झौतामा तोकिएको रकमको आधारमा रकम जम्मा गर्न पाउने व्यवस्थाका लागि अनुरोध समेत गरेको छ । यस्तै, आव २०७८/०७९ को वार्षिक वजेटमा जेठ र असार महिनाको योगदान सरकारको तर्फबाट व्यहोर्ने घोषणा भएपनि वर्तमान अवस्थालाई ध्यानमा राखेर अति प्रभावित होटल उद्योगलाई मन्त्रालयको पहलमा थप सहयोग र अन्य सुविधा उपलब्ध गराउन हानले आग्रह समेत गरेको छ ।-


क्याटेगोरी : अर्थतन्त्र



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ