२०८२ वैशाख १७, मंगलबार
Health Aawaj logo
गृहपृष्ठराजनीतिप्रधानमन्त्री देउवालाई विश्वासको मत

प्रधानमन्त्री देउवालाई विश्वासको मत


काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाएका छन् ।

आइतबार पुन स्थापित प्रतिनिधिसभाको पहिलो बैठकमै प्रधानमन्त्री देउवाले विश्वासको मत पाएका हुन् । देउवाले संसदमा विश्वासको मतपाएसँगै उनको नेतृत्वको सरकार सुरक्षित बनेको छ । उनले संसदमा कुल सांसद संख्याको १६५ मत पाए भने विपक्षामा ८३ मत परेको छ भने एक जना टतस्थ रहेका थिए ।

उनलाई नेपाली कांग्रेससहित माओवादी केन्द्र जनता समाजवादी पाटीका सांसदले विश्वासको पक्षमा मतदान गरेका थिए । त्यस्तै माधव नेपालसहित एमालेका २२ सांसदले शेरबहादुर देउवालाई विश्वासको मत दिएका छन् ।

गत असार २८ गते सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्दै २८ घण्टाभित्र देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परामादेश जारी गरे अनुसार असार २९ गते राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को (५) अनुसार देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् ।


क्याटेगोरी : राजनीति
ट्याग : #प्रधानमन्त्री शेरबहादुर देउवा


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ