२०८२ वैशाख १७, मंगलबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रपूँजी बजारसाताको चौथो दिन नेप्सेमा नयाँ कीर्तिमान

साताको चौथो दिन नेप्सेमा नयाँ कीर्तिमान


काठमाडौं । आज नेप्से परिसूचक १५.३० अङ्कले  बढेर अहिले सम्मकै उच्च ३०९४.९४ बिन्दुमा पुगेको छ ।

सेयर बजारमा आज २१९ कम्पनीको सेयर  २ करोड ८१ लाख ७० हजार १७२ कित्ता शेयर रु १३ अर्ब २९ करोड १९ लाख ५४ हजार ५३५ मूल्यमा खरीद बिक्री भएको छ ।

नेप्सेमा आज बैंकिङ १८.४५, जलविद्युुत् ४८.२७, उत्पादन ३७.३ र सामूहिक लगानी कोष ०.०१ बिन्दुले घटेको छ ।

त्यस्तै, व्यापार १६.३९, होटल तथा पर्यटन २५७.७१, विकास बैंक ४८.३६, वित्त ७०.१६, निर्जीवन बीमा ४४९.५६, अन्य २०११, लघुवित्त ३७.२४, जीवन बीमा ४३१.३८ र लगानी ३.२२ बिन्दुले बढेको छ ।

कारोवारका आधारमा युनाइटेड मोदी हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ३८ करोड ६१ लाख ४७ हजार ८१८ बराबरको कारोवार भयो । नेशनल हाइड्रोपावर रु ३६ करोड ५३ लाख ७५ हजार ३८९, अरुण भ्याली हाइड्रोपावर रु ३३ करोड ६१ लाख चार हजार ६२५, सानिमा माई हाइड्रोपावर रु ३१ करोड ८८ लाख ५६ हजार ३७५ र अपि पावर कम्पनी रु २९ करोड ५९ लाख ५५ हजार ९१ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।

नारायणी डेभलपमेन्ट बैंक, मल्टीप्रपोज फाइनान्स कम्पनी र चन्द्रागिरि हिल्सको शेयर १० प्रतिशतले बढ्दा सकारात्मक सर्किट लाग्यो ।

यस्तै सोल्टी होटल ८.०६ र कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले ८.०५ प्रतिशतले कमाए । यसैगरी पञ्चकन्या माई हाइड्रोपावर ५.०७, सिंगटी हाइड्रोपावर ४.९८, ग्रीनलाइफ हाइड्रोपावर ४.१८, पाँचथर पावर कम्पनी ४.१५ र रसुवागढी हाइड्रोपावरका लगानीकर्ताले ३.९५ प्रशितले घटेको छ ।


क्याटेगोरी : पूँजी बजार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ