२०८१ माघ २३, बुधबार
Health Aawaj logo
गृहपृष्ठविविधबिग-बोस १३का बिजेता सिद्धार्थ शुक्लाको निधन

बिग-बोस १३का बिजेता सिद्धार्थ शुक्लाको निधन


काठमाडौं । भारतका लोकप्रिय टेलिभिजन र चलचित्र अभिनेता सिद्धार्थ शुक्लाको निधन भएको छ।

 

उनको हृदयघातका कारण निधन भएको मुम्बई अस्पतालले पुष्टि गरेको हो ।

अस्पतालका अनुसार उनलाई बिहिबार बिहान अट्याक आएको र अस्पताल ल्याउँदा उनको निधन भैसकेको थियो । उनको शव पोस्टमार्टम गरिने बताइको छ ।

सिद्धार्थ शुक्ला भारतीय टिभी जगतका चर्चित नाम हो। ४० वर्षीय शुक्ला रियालिटी शो बिग-बोस १३का बिजेता थिए। यसबाहेक उनले ‘खतरो के खिलाडी’को सातौं सिजनको उपाधि पनि हात पारेका थिए।मोडलिङबाट करियर सुरु गरेका उनी बालिका बधु सिरियलबाट चर्चित भएका थिए ।
-भास्कर दैनिकबाट


क्याटेगोरी : विविध



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ