२०८१ माघ २३, बुधबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्राष्ट्रियतालिबानद्वारा अफगानिस्तानमा अन्तरिम सरकारको घोषणा

तालिबानद्वारा अफगानिस्तानमा अन्तरिम सरकारको घोषणा


तालिबानले नेता मुल्ला मोहम्मद हसन अखुन्दलाई अन्तरिम सरकारको नेतृत्वमा चयन गरेको छ ।

तालिबानका प्रमुख प्रवक्ता जबीहुल्ला मुजाहिदले सरकारको नेतृत्व नेता अखुन्दले गर्ने मंगलबार साँझ पत्रकार सम्मेलन गरी जानकारी गराएका छन् ।

अफगानिस्तानमा आफ्नो युद्ध समाप्त भएको जनाएको २४ घण्टाभित्रै तालिबान समूहले अन्तरिम सरकारको नेतृत्व चयन गरेको हो ।

तालिबानले आफ्नो दलको उपनेतामा तालिबानका सहसंस्थापक अब्दुल गनी बराडरलाई चयन गरेको छ भने अमिर खान मुत्ताकीलाई अन्तरिम विदेश मन्त्रीमा चयन गरेको छ ।

त्यस्तै, तालिबानले अन्तरिम सरकारमा अब्दुल गनी बरदार उपप्रधानमन्त्री, सिराजुद्दिन हक्कानी गृहमन्त्री, सराजुद्दिन हक्कानी निमित्त आन्तरिक मामिलामन्त्री ,निमित्त रक्षामन्त्रीमा मुल्लाह याकूबलाइ् नियुक्त गरेकाे  छ ।

एजेन्सी


क्याटेगोरी : अन्तर्राष्ट्रिय



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ