२०८२ वैशाख १६, सोमबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रपूँजी बजारसाधना लघुवित्त वित्तीय संस्थाद्धारा सेयरधनीलाइ लाभांशको घोषणा

साधना लघुवित्त वित्तीय संस्थाद्धारा सेयरधनीलाइ लाभांशको घोषणा


काठमाडौं । साधना लघुवित्त वित्तीय संस्था लि आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको छ ।

संस्थाले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको २५ प्रतिशत बोनस र १.३२ प्रतिशत नगद गरी २६.३२ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

संस्थाको भदौ २४ गते बसेको सञ्चालक समितिको ९० औं बैठकले उक्त निणर्य गरेको हो । उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत र बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीलाई लाभांश वितरण हुन्छ ।

अहिले साधना लघुवित्तको चुक्ता पुँजी २५ करोड ६९ लाख रुपैयाँ रहेको छ । २५ प्रतिशत बोनस पछि संस्थाको चुक्ता पुँजी ३२ करोड ११ लाख रुपैयाँ पुग्ने छ ।


क्याटेगोरी : पूँजी बजार
ट्याग : #साधना लघुवित्त वित्तीय संस्था


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ