२०८२ वैशाख १६, सोमबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रपूँजी बजारसाताको चौथो दिन नेप्से १८.०६ अंकले बढ्यो

साताको चौथो दिन नेप्से १८.०६ अंकले बढ्यो


काठमाडौं । साताको चौथो दिन बुधबार नेप्से  १८.०६ अंकले बढेर २७६९.१३ बिन्दुमा पुगेर  बन्द भएको छ ।

आज  २२८ वटा कम्पनीको सेयर १ करोड १५ लाख ९२ हजार २ सय ३५ कित्ता शेयर ६ अर्ब ६१ करोड २६ लाख ४८ हजार ८ सय ४० रुपैयाँमा किनबेच भएको छ ।

बैंकिङ ०.०७ प्रतिशत , ट्रेडिङ ०.७६ प्रतिशत , फाइनान्स ०.३८ प्रतिशत , ननलाइफ १.४५ प्रतिशत , अन्य १.१२ प्रतिशत , माइक्रोफाइनान्स १.११ प्रतिशत , म्यूचअल फण्ड ०.९ र इन्भेष्टमेन्ट ० प्रतिशतले बढेर उपसमूहको परिसूचक हरियो रह्यो ।

त्यस्तै होटेल र पर्यटन ०.३१ प्रतिशत , विकास बैंक ०.०३ प्रतिशत , जलविद्युत ०.६८ प्रतिशत र उत्पादन तथा प्रशोधन समूह ०.६८ प्रतिशतले घटेर परिसूचक भने राताम्मे रह्यो ।

आज बेस्ट फाइनान्सका लगानीकर्ताले सबैभन्दा बढी कमाए । बेस्ट फाइनान्सको  शेयर ८.६८ प्रतिशतले बढेर   ५८० रुपैयाँ पुगेको छ । एनआईसी एसिया लघुवित्त वित्तीय संस्था ७.२१ प्रतिशतले, गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स ६.७४ प्रतिशतले, मानुषी लघुवित्त वित्तीय संस्था ६.११ प्रतिशतले र गुराँस लाइफ इन्स्योरेन्स ६.०८ प्रतिशतले बढेर बढी कमाउने कम्पनीमा परे ।

आज बढी कारोबार गर्नेमा नबिल बैंक सबैभन्दा अगाडी रह्यो ।


क्याटेगोरी : पूँजी बजार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ