२०८१ माघ ९, बुधबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रपूँजी बजारदोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकम भने घट्यो

दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकम भने घट्यो


काठमाडौं – साताको तेस्रो कारोबार दिन मंगलबार  नेप्से मा दोहोरो अंकको सुधार भएको छ । नेप्से परिसूचक २३.७६ अंकले बढेर २८४३.६२ विन्दुमा पुगेर बन्द भएको छ ।

नेप्सेमा कारोबारमा आएका २ सय ३० कम्पनीले ९ करोड ७७ लाख ४ सय ४३ कित्ता सेयर कारोबार गर्दा कुल ६ अर्ब  ७ करोड ३७ लाख बराबरको कारोबार भएको छ । यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी महालक्ष्मी विकास बैंकको शेयर भएको छ । यस बैंकको ४६ करोड ९७ लाख २३ हजार ४ सय १५ रुपैयाँको कारोबार भएको छ ।

आज कारोबार भएका तीन वटा समूहको सूचकबाहेक अन्य सबै समूहको सूचक बढेका छन् । विकास बैंक र अन्य समूहको सूचकमा तीन प्रतिशतभन्दा धेरैको सुधार आएको छ भने बाँकी सबै समूहको सूचकमा शून्य दशमलब एकदेखि एक प्रतिशतभन्दा धेरैको सुधार आएको छ ।

नेप्सेका अनुसार कारोबार भएका कम्पनीमध्ये साहस उर्जा कम्पनी र गुडविल फाइनान्स कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि भएको छ । यिनीहरूको सेयर मूल्य नौ प्रतिशतभन्दा धेरैले बढेको छ । विशाल बजार कम्पनी, नेपाल बंगलादेश बैंक, आरएमडीसी लघुवित्त लगायतका पाँच कम्पनीको सेयर मूल्यमा सबैभन्दा धेरै गिरावट आएको छ । आज यस कम्पनीको सेयर मूल्य दुई प्रतिशतभन्दा बढीले ओरालो लागेको छ ।


क्याटेगोरी : पूँजी बजार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ