२०८१ माघ २३, बुधबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्राष्ट्रियओमिक्रोन भेरियन्टः सम्पूर्ण सीमा बन्द गर्ने इजरायलको घोषणा

ओमिक्रोन भेरियन्टः सम्पूर्ण सीमा बन्द गर्ने इजरायलको घोषणा


जेरुसेलम -कोभिडको नयाँ भेरियन्ट फैलिरहेका बेला इजरायलले आफ्नो देश प्रवेश गर्ने सम्पूर्ण सीमा बन्द गर्ने घोषणा गरेको छ । विश्वभर नयाँ भेरियन्टको त्रास बढिरहेका बेला आफ्ना सम्पूर्ण सीमा बन्द गर्ने इजरायल पहिलो देश हो । सरकारले दुई सातासम्म सीमा बन्द गर्ने प्रधानमन्त्री नाफताली बेन्नेटले बताए ।

सो अवधिसम्म कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनविरुद्ध कोभिड खोपले काम गर्ने/नगर्ने बारेमा सुक्ष्म मूल्यांकन गर्ने सरकारले जनाएको छ । दक्षिण अफ्रिकामा पहिलो पटक देखिएको नयाँ भेरियन्टको सो भाइरसलाई विश्व स्वास्थ्य संगठनले ‘भेरियन्ट अफ कन्सर्न’ भनेको छ ।

‘नयाँ भेरियन्ट झन्डै सबै देश फैलिएको छ,’ गृहमन्त्री आयलेट शकेदले भने, ‘भाइरसविरुद्ध खोप कति हदसम्म प्रभावकारी हुन्छ भन्ने बारेमा मूल्यांकन आवश्यक छ ।’एजेन्सी


क्याटेगोरी : अन्तर्राष्ट्रिय



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ