२०८१ माघ १७, बिहीबार
Health Aawaj logo
गृहपृष्ठराजनीतिएमाले अध्यक्षमा भारी मतले ओली विजयी : ओलीको पक्षमा १८४० मत, रावलले पाए २२३ मत 

एमाले अध्यक्षमा भारी मतले ओली विजयी : ओलीको पक्षमा १८४० मत, रावलले पाए २२३ मत 


चितवन – नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन् । चितवनमा भएको १०औँ महाधिवेशनले ओलीलाई फेरि अध्यक्षको जिम्मेवारी दिएको हो ।

नेतृत्व चयनका लागि मंगलबार भएको मतदानमा भीम रावललाई १५७७मतले उछिन्दै ओली अध्यक्षमा निर्वाचित भएका हुन् । कुल खसेको दुई हजार ९६ मध्ये ओलीको पक्षमा १८४० मत खस्दा रावलले २२३ मत पाए । साथै नाे भाेटमा ७५ मत खसेकाे छ ।

यसअघि २०७१ सालमा काठमाडौंमा भएको नवौँ महाधिवेशनले पनि ओलीलाई अध्यक्षमा निर्वाचित गरेको थियो ।

यसपटक विद्युतीय मेसिनबाट मतदान गरिएकाले चाँडै परिणाम आएको हो । मंगलबार बिहान ४ बजेबाट मतदान प्रक्रिया सुरू भएको थियो ।


क्याटेगोरी : राजनीति



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ