२०८१ माघ २३, बुधबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रपूँजी बजार२ अर्ब २३ करोड रुपैयाँको कारोबार हुदा सेयर बजार ५ अंकले बढ्यो

२ अर्ब २३ करोड रुपैयाँको कारोबार हुदा सेयर बजार ५ अंकले बढ्यो

२ अर्ब २३ करोड रुपैयाँको कारोबार हुदा सेयर बजार ५ अंकले बढ्यो


२ अर्ब २३ करोड रुपैयाँको कारोबार हुदा सेयर बजार ५ अंकले बढ्यो

काठमाडौं । २ अर्ब २३ करोड रुपैयाँको सेयर किनबेच भए संगै साताको अन्तिम कारोबारको दिन सेयर बजार पाँच अंकले बढेको छ ।

 

दिनभर उत्तरचढावमा रहेको बजार प्रि — ओपन सेसनमा १५ सय ६५ अंकसम्म पुगे पनि सामान्य कारोबार सुरु भएपछि भने बजार १५ सय ५४ अंकसम्म झरेको थियो। केही समय हरियो र केही समय रातो हुँदै गएको बजार अन्तिम एक घण्टामा पुनः बढेको थियो। नेप्से १५ सय ६३ अंकसम्म पुगे पनि बन्द हुँदा १५ सय ६१ अंकमा रोकियो।

बिहिबारका दिन १९३ कम्पनीको करिब ९० लाख कित्ता सेयर किनबेच भए संगै सर्वाधिक नाफा कमाउने ३० कम्पनीमध्ये २ वटा डेभलपमेन्ट बैंक, एउटा फाइनान्स र नागरिक लगानी कोषबाहेक सबै जलविद्युत कम्पनी रहेका छन्। ती मध्ये १५ वटा कम्पनीको मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ।

सिटिजन म्युचुअल फण्ड, युनिलिभर नेपाल र ग्लोबल आइएमई डिबेन्चरको मूल्य २र२ प्रतिशतले घटेको छ। सर्वाधिक किनबेच हुने कम्पनीमा पनि जलविद्युत कम्पनी नै अघि देखिएका छन्।

अरुण काबेली पावर कम्पनीको १४ करोड रुपैयाँको सेयर किनबेच हुँदा अपर तामाकोशीको ९ करोड रुपैयाँ र अरुण भ्याली हाइड्रोपावरको सेयर ८ करोड रुपैयाँको ,नेपाल पुनर्बीमा कम्पनीको ९ करोड रुपैयाँ र नेपाल बैंकको पनि ८ करोड रुपैयाँको सेयर किनबेच भएको छ।


क्याटेगोरी : पूँजी बजार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ