लण्डन – बेलायतमा पछिल्लो २४ घण्टामा करिब ५४ हजार जनामा कोरोना संक्रमण देखिएको छ ।
सरकारले विहिवार साँझ सार्वजनिक गरेको तथ्यांक अनुसार जुलाई महिना पछिको उच्च दैनिक संक्रमणको संख्या ५३ हजार ९४५ पुगेको हो । पछिल्लो तथ्यांक अनुसार १४१ जनाको कोरोनाका कारणले निधन भएको छ ।