गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ विश्व बैंकको लगानीमा लुम्बिनी र प्रदेश २ मा अक्सिजन प्लान्ट विश्व बैंकको लगानीमा लुम्बिनी र प्रदेश २ मा अक्सिजन प्लान्ट Karobarpati आईतबार, २०७८ मंसीर १९ गते, १३:२९ मा प्रकाशित काठमाडाैं – विश्व बैंकको सहुलियत ऋण लगानीमा लुम्बिनी र प्रदेश २ को प्रादेशिक अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गरिएको छ । कोभिड-१९ विरुद्ध लड्नका लागि बैंकको सहुलियत ऋण दिएको थियो । उक्त ऋणबाट लम्बिनी र जनकपुर प्रादेशिक अस्पतालमा प्लान्ट स्थापना भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका क्षेत्रीय प्रमुख डा. मदन कुमार उपाध्याय र विश्व बैंक नेपाल, श्रीलंका तथा माल्दिभ्सका राष्ट्रिय निर्देशक फासिर हदाद जर्भोसले आइतबार संयुक्त रुपमा प्लान्टको उद्घाटन गरे । बैंकको ऋण लगानीमा सञ्चालित ‘कोभिड-१९ आपतकालीन उद्धार तथा स्वास्थ्य प्रणाली तयारी परियोजना’ कार्यक्रम अन्तर्गत आगामी २० डिसेम्बरभित्र प्रदेश १, बाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पनि अक्सिजन प्लान्ट स्थापना हुने बैंकले जनाएको छ । तीन वर्षसम्म प्लान्टको सञ्चालन तथा मर्मतसमेत यसै परियोजना अन्तर्गत हुनेछ । गत भदौमा सरकार र विश्व बैंकबीच विद्यालय र स्वास्थ्य क्षेत्र सुधारका लागि नेपाललाई करिब ६ अर्ब ऋण लगानी गर्ने सम्झौता भएको थियो । क्याटेगोरी : अर्थतन्त्र तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा लायन्स क्लबद्वारा ‘अवार्ड’ प्रदान सहकारीलाई व्यवस्थित गर्न नियमनकारी निकाय बनाउन गभर्नर अधिकारीको सुझाव नेप्सेमा सामान्य गिरावट धेरै पढिएका १ १४.७५ % भन्दा बढी ब्याज सहकारीले लिन नपाउने २ स्थिर व्याजदर योजनामा बैंकले आफूखुसी व्याज परिवर्तन गर्न नपाउने ३ लक्ष्मी बैंकले ८ पुसमा बोलायो साधारण सभा ४ बाजुराको बुढीगंगा नगरपालिकामा चुनाव जारी ५ सिभिल बैंकले २४ मंसिरदेखि ऋणपत्र निष्कासन गर्ने ६ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ७ प्रदेश २ मा मन्त्रिपरिषद् विस्तार, को को बने मन्त्री ? ट्रेण्डिङ सानिमा बैंकको क्रेडिट कार्डका आवेदन अनलाईन मार्फत दिन मिल्ने काठमाडाैंकाे तापक्रम ४.३ डिग्रीमा झर्याे, जुम्लामा माइनस ४.६ कृषि विकास बैंकको १५ प्रतिशत लाभांशदिने घोषणा नेसनल माइक्रोफाइनान्सकाे साधारणसभा ६ माघमा, लाभांश पारित गर्ने एजेन्डा चैत र बैशाख महिनाको कर २५ गते सम्ममा दाखिला गर्न म्याद थप अनुदान र सहुलियतपूर्ण ऋण अघि बढाइने स्थिर व्याजदर योजनामा बैंकले आफूखुसी व्याज परिवर्तन गर्न नपाउने सानिमा बैंकको क्रेडिट कार्डका आवेदन अनलाईन मार्फत दिन मिल्ने काठमाडाैंकाे तापक्रम ४.३ डिग्रीमा झर्याे, जुम्लामा माइनस ४.६ कृषि विकास बैंकको १५ प्रतिशत लाभांशदिने घोषणा नेसनल माइक्रोफाइनान्सकाे साधारणसभा ६ माघमा, लाभांश पारित गर्ने एजेन्डा चैत र बैशाख महिनाको कर २५ गते सम्ममा दाखिला गर्न म्याद थप अनुदान र सहुलियतपूर्ण ऋण अघि बढाइने स्थिर व्याजदर योजनामा बैंकले आफूखुसी व्याज परिवर्तन गर्न नपाउने