विराटनगर – नेपाली कांग्रेस प्रदेश १ सभापतिमा गुरुराज घिमिरेले अग्रता लिएका छन् । मतगणनाको प्रारम्भिक परिणाम सार्वजनिक हुँदा २०० मतमा घिमिरेले १०७ मत प्राप्त गरेका छन् ।
उनका प्रतिस्पर्धी उद्धव थापाले ८३ मत प्राप्त गरेका छन् । उपपसभापतिमा गोविन्दप्रसाद ढुंगाना ८५, टंकप्रसाद राई ९७, रमेशजंग रायमाझी ८७ र विश्वनाथ रिजालले ८४ मतका साथ प्रतिस्पर्धा छन् ।
महामन्त्रीमा उमेश थापाले ९६, दिपनकुमार श्रेष्ठले ८९, पदमसुन्दर पालुङ्वाले ८४ र भुपेन्द्र राईले ८९ मत प्राप्त गरेका छन् ।
सहमहान्त्री (महिला)मा प्रमिलाकुमारी गच्छदारले ८७ र सीता कार्कीले ९४ मत ल्याएका छन् । सहमहामन्त्री (खुल्ला) मा खड्ग फागोले ११९, रोहितकुमार साहले ७१, विनोदकुमार बस्नेतले ८२, वीरकाजी राईले ८४ र शुभचन्द्र राई ७ मतका साथ प्रतिस्पर्धामा छन् ।