२०८२ वैशाख १५, आईतबार
Health Aawaj logo
गृहपृष्ठप्रदेशबाग्मती प्रदेशनेपाली कांग्रेस बागमती अधिवेशन : दुई सय मत गणना हुँदा केसीको अग्रता

नेपाली कांग्रेस बागमती अधिवेशन : दुई सय मत गणना हुँदा केसीको अग्रता


मकवानपुर – नेपाली कांग्रेसको बागमती प्रदेश समितिको सभापति पदका लागि भएको दोस्रो पटकको निर्वाचनको २०० मत गणना हुँदा जगदीशनरसिंह केसीले अग्रता लिएका छन् ।

निर्वाचनमा २०२५ मत खसेकोमा २०० मत गणना हुँदा केसीले १ सय १२ मत प्राप्त गरेका छन् । यस्तै इन्द्र बानियाले ८६ मत प्राप्त गरेका छन् ।

दुई सय मत गणना गर्दा एक मत बदर भएको छ । प्रदेश राजधानी हेटौंडास्थित वन विज्ञान अध्ययन संस्थानमा १६ मंसिरबाट जारी अधिवेशनमा हिजो राती सभापतिका तीन उम्मेदवार मध्ये कसैको पनि बहुमत नआएपछि आज फेरि निर्वाचन भएको हो ।


क्याटेगोरी : राजनीति, बाग्मती प्रदेश
ट्याग : #नेपाली कांग्रेस बागमती अधिवेशन


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ