२०८२ वैशाख १६, सोमबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रकर्पोरेटनेपाल एयरलाइन्सको दुबई गन्तव्यमा उडान विस्तार

नेपाल एयरलाइन्सको दुबई गन्तव्यमा उडान विस्तार


काठमाडौं । नेपाल एयरलाइन्सले दुबई गन्तव्यमा उडान विस्तार गरेको छ ।

नेपाल एयरलाइन्सले दुबईमा सातामा ७ उडान गर्दै आएकामा आजदेखि थप २ उडान थपेर सातामा ९ उडान भर्ने भएको हो ।

यस गन्तव्यमा नेपाल एयरलाइन्सले यसअघि सातामा ७ उडान गर्दै आएको थियो । थपिएको उडान साताको आइतबार र बुधधबार गरिनेछ । यो दिन दैनिक दुई उडान हुनेछ ।

एयरलाइन्सले भारतको नयाँ दिल्लीमा ७ उडान गर्दै आएकोमा अब थप सात उडान थपेर दैनिक २ उडानका दरले सातामा १४ उडान भर्ने तयारी गरेको छ । एयरलाइन्सले हाल दोहामा ५ उडान गरिरहेको छ ।

नेपाल एयरलाइन्सले नेपाली श्रमिकको बाहुल्यता रहेको साउदी अरेबियामा पनि छिट्टै उडान सञ्चालन गर्ने गरी अन्तिम तयारीमा जुटेको छ ।
निगमकाअनुसार साउदी अरेबियाको रियाद र दमाम गन्तव्यमा सातामा दुई उडान गर्ने गरी तयारी भइरहेको छ । महिना दिनभित्रै उडान सञ्चालन गरिने जनाइएको छ ।
नेपाल एयरलाइन्सले भारतका ३ सहित ७ देशका ९ गन्तव्यमा अन्तरराष्ट्रिय उडान गर्दै आएको छ ।


क्याटेगोरी : कर्पोरेट
ट्याग : #नेपाल एयरलाइन्स


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ