२०८१ माघ २३, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकोरोना संक्रमणबाट विदेशमा अप्ठेरोमा परेका ७६ हजार ९६७ नेपाली स्वदेश र्फिता

कोरोना संक्रमणबाट विदेशमा अप्ठेरोमा परेका ७६ हजार ९६७ नेपाली स्वदेश र्फिता


काठमाडौं। कोरोना महामारीमाबाट विदेशमा अप्ठेरोमा परेका ७६ हजार ९६७ नेपाली स्वदेश र्फिता आएका छन् ।

 

कोभिड-१९ सङ्कट व्यवस्थापन संञ्चालन केन्द्रका अनुसार असोज ८ गतेसम्म जहाजमार्फत ३२ मुलुकबाट उक्त संख्यामा नागरिक मुलुक फर्केका हुन् ।अधिकांश रोजगारीका लागि गएका मुलुक मध्ये सवैभन्दा बढी संयुक्त अरब इमिरेट्सबाट २२ हजार २१४ छन् भने सबभन्दा कम श्रीलंकाबाट ५ जना छन् ।

 

सिसीएमसीका अनुसार, हालसम्म कतारबाट १० हजार ३०६, कुवेतबाट ८ हजार ३३५, मलेसियाबाट ११ हजार ३५२, साउदी अरेबीयाबाट ११ हजार ८१९, दक्षिण कोरियाबाट १ हजार ४४७, बहराइनबाट १ हजार २७४, ओमनबाट १ हजार १५०, अष्ट्रेलीयाबाट १ हजार ९१ र टर्कीबाट ९३६ जना फर्केका छन् ।

प्रदेश नं १ का १४ हजार ५४६, प्रदेश नं २ का ११ हजार ९०९, वाग्मती प्रदेशका १८ हजार २४७, गण्डकी प्रदेशका ८ हजार ९७३, प्रदेश नं ५ का ११ हजार ४५०, कणर्ाली प्रदेशका १ हजार ५१८ र सुदूरपश्चिम प्रदेशका १ हजार ७३७ रहेको छ । फर्कनेमध्ये ८हजार ४९७ जनाको भने प्रदेश विवरण प्राप्त नभएको जनाइएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ