२०८२ वैशाख १६, सोमबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्राष्ट्रियविश्व इतिहासमा आज

विश्व इतिहासमा आज


 बेथलहेम प्यालेस्टनाइनको नियन्त्रणमा

सन् १९९५ को २१ डिसेम्बरमा इजरायली सेनाले बेथलहेमलाई नियन्त्रणमा लिएको थियो । वेस्ट बैंक र गाजा स्ट्रिपमा सन् १९९५ को सेप्टेम्बरमा गरिएको अन्तरिम सम्झौताबमोजिम इजरायल सेना वेथलहेम सहरबाट फर्किएको थियो । सन् १९२० देखि सन् १९४८ सम्म व्रिटीश सरकारको आदेशमा चल्दथ्यो । सन् १९४८ मा अरब र इजरायलबीच भएको युद्धमा सो सहरलाई जोर्डनले नियन्त्रणमा लिएको थियो ।

विमानभित्र बम बिस्फोट

सन् १९८८ मा जर्मनीको फ्रयांकफर्टबाट अमेरिकाको डेटरोइट उड्ने क्रममा पाम एम एयरको उडान नम्बर १०३ मा बम बिस्फोट भएको थियो । स्कटल्यान्डको सहर लकरबिमा पुगेपछि अतिवादीले विमानमा बिस्फोट गराउँदा विमानमा सबार सबैजनाको मृत्यु भएको थियो ।

जातीय विभेद उन्मूलनसम्बन्धी महासन्धी

सन् १९६५ मा कुनै पनि प्रकारका जातीय विभेदको उन्मूलन गर्नेसम्बन्धी अन्तराष्ट्रिय महासन्धीमा हस्ताक्षर भएको थियो । सो सन्धी सन् १९६९ को ४ जनवरीदेखि कार्यान्वयनमा आएको थियो । सो सन्धीले संसारभर जात र रंगका आधारम हुने विभेदलाई अन्त्य गर्ने प्रयास गरेको थियो ।

रेडियमको आविश्कार

पोलोनियमको आविश्कारपछि सन् १८९८ मा म्यारी र पियरे क्यूरीले रेडियोएक्टिभ रसायनिक तत्व रेडियम पत्ता लगाएका थिए । चाँदीजस्तो सेतो पर्दाथ रेडियम क्यान्सर उपचारमा प्रयोग हुन्छ ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ