२०८२ वैशाख १६, सोमबार
Health Aawaj logo
गृहपृष्ठप्रदेशकोशी प्रदेशरावाबेँसीमा नेपाल राष्ट्रिय बाणिज्य बैंकको शाखा विस्तार 

रावाबेँसीमा नेपाल राष्ट्रिय बाणिज्य बैंकको शाखा विस्तार 


खोटाङ – खोटाङको रावाबेँसी गाउँपालिकामा नेपाल राष्ट्रिय बाणिज्य बैंकको शाखा स्थापना भएको छ । रावाबेँसी गाउँपालिका-१ कुभिन्डेको हरमटारमा बैंकको २५७औँ शाखा विस्तार भएकाे हाे । मंगलबार बिहान लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले बैंकको शाखा कार्यालय उद्घाटन गरेका हुन् ।

आर्थिक कारोबारका लागि दिक्तेल पुग्नुपर्ने बाध्यता अन्त्यका लागि गाउँपालिकाले गरेको आग्रहअनुसार कुभिन्डेको हरमटारमा राष्ट्रिय बाणिज्य बैंकको शाखा कार्यालय विस्तार गरिएको हो ।

रावाबेँसी शाखासहित खोटाङमा मात्र राष्ट्रिय बाणिज्य बैंकको शाखा कार्यालयको संख्या पाँच पुगेको छ । यसअघि दिक्तेल, ऐसेलुखर्क, बाक्सिला र खोटाङबजारमा राष्ट्रिय बाणिज्य बैंकको शाखा कार्यालय स्थापना भइसकेको छ ।


क्याटेगोरी : कोशी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ