काठमाडौं। नेपाल धितोपत्र बोर्डले एक साथ पाँच कम्पनीलाई प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने अनुमति दिएको छ ।
करीब ५ महिनादेखि बोर्डको अध्यक्ष पद खाली भएको कारणले कुनै पनिकम्पनीले आईपीओ अनुमति पाउन सकेका थिएनन् ।
अब यी पाँच कम्पनीले सर्वसधारणको लागि सवा अर्ब रकम बराबरको आईपीओ जारी गर्नेछ ।
बुधवार बोर्ड सञ्चालक समिति सदस्य शोभकान्थ पौडेलको अध्यक्षतामा सम्पन्न बैठकले पाँच कम्पनीलाई १ अर्ब २१ करोड करोड २१ लाख ६ हजार ६९० कित्ता सेयर बिक्रीका लागि अनुमति दिने निर्णय गरेको छ ।
आईपीओ बिक्रीको अनुमति पाउने कम्पनीहरुमा ग्रीन भेञ्चर लिमिटेड र बलेफी हाइड्रोपावर कम्पनी गरी दुई जलविद्युत कम्पनी तथा राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड, नेष्डो लघुवित्त समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेड, र जल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड गरी तीन लघुवित्त कम्पनी रहेका छन् ।
यस्तै अब राष्ट्र उत्थान लघुवित्तले ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता, नेष्डो लघुवित्तले ८ करोड २८ लाख ७५ हजार रुपैयाँ बराबरको ८ लाख २८ हजार ७५० कित्ता र जल्पा सामुदायिक लघुवित्तले ५ करोड २२ लाख रुपैयाँ बराबरको ५ लाख २२ हजार कित्ता सेयर बिक्रीका लागि बोडबाट अनुमति पाएको छ ।