काठमाण्डौ । एनसेलका ग्राहकले बढी शुल्क लाग्ने कुनै डर बिना ढुक्कसँग मेन ब्यालेन्सबाटै अझ सुलभ दरमा डेटा सेवाको फाइदा लिन सक्ने भएका छन्।
एनसेल आजियाटा लिमिटेडले आफ्ना ग्राहकका लागि आकर्षक साप्ताहिक ‘पे एज यू गो’ योजना ल्याएको हो। जसअन्तर्गत ग्राहकले करबाहेक ४० पैसा प्रतिएमबीसम्ममा डेटा सेवा प्रयोग गर्न सक्नेछन्।
बुधबारदेखि यो योजना लागू भए सँगै ‘पे एज यू गो’ अर्थात मेन ब्यालेन्सबाटै विद्यमान प्रतिएमबी करबाहेक रु. २ मा डेटा सेवा प्रयोग गर्ने र सुलभ दरमा डेटा सेवा प्रयोग गर्नका लागि प्याक सुविधा नलिने ग्राहकलाई ध्यानमा राखी सुलभ दरमा सेवा प्रदान गर्न यो योजाना ल्याइएको एनसेलले जनाएको छ।
यस योजनामा ग्राहकले आफ्नो मेन ब्यालेन्सबाट जति धेरै खर्च गर्दछन्, त्यसैअनुरुप डेटाको शुल्क अझ सुलभ हुँदै जान्छ। यदि ग्राहकले ‘पे एज यू गो’ अन्तर्गत एक हप्तामा डेटाका लागि रु. २० सम्म खर्च गरेमा विद्यमान ‘पे एज यू गो’ शुल्क रु. २ प्रतिएमबी पर्दछ। एक हप्तामा ग्राहकले रु. २० देखि रु. ५० सम्म डेटा सेवामा खर्च गर्नेबित्तिकै सेवा प्रयोगका लागि प्रतिएमबी शुल्क रु. १ मा झर्दछ।
त्यसैगरी यदि ग्राहकले एक हप्तामा रु. ५० भन्दा बढी खर्च गर्नेबित्तिकै प्रतिएमबीमात्र रु. ४० पैसामा मेन ब्यालेन्बाटै डेटा सेवाको फाइदा लिन सक्छन्।
साप्ताहिक चक्रमा हरेका हप्ता आइतबारदेखि शनिबार सम्ममा ग्राहकले ‘पे एज यू गो’ डेटाअन्तर्गत गरेको खर्चका आधारमा यो योजना सञ्चालन हुन्छ। जस्तै- कुनै ग्राहकले आइतबारदेखि बुधबारसम्ममा ‘पे एज यू गो’ डेटा सेवामा रु. २३ खर्च गरेमा ग्राहकको मेन ब्यालेन्सबाट रु. २० भन्दा बढी खर्च हुनेबित्तिकै ‘पे एज यू गो’ शुल्क त्यही हप्ताको शनिबार मध्यरातसम्मका लागि रु. १ प्रतिएमबीमा झर्नेछ।
सोही ग्राहकको खर्च उक्त हप्ता रु. ५० भन्दा बढी हुनेबित्तिकै ग्राहकले त्यस हप्ताको शनिबार मध्यरातसम्मका लागिमात्र ४० पैसा प्रतिएमबीमा डेटा सेवाको फाइदा लिन सक्दछ।