विद्युतीय सवारीमा कर सहुलियत, सहज बैंकिङ सुविधा, पेट्रोल र डिजेलको मूल्यमा भइरहेको वृद्धि लगायतका कारण आकर्षण बढेको छ ।
भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०७८र७९ को पहिलो ६ महिनामा मात्रै ११ सय ३ वटा विद्युतीय काररजिप भ्यान आयात भएको छ । जबकी गत सिंगो आर्थिक वर्ष २०७७र७८ मा २६१ वटा विद्युतीय काररजिप भ्यान आयात भएको थियो ।
भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पहिलो ६ महिना ९साउन, भदौ र असोज, कात्तिक मंसिर र पुस०मा १०० किलोवाटसम्मका ३९६ वटा सवारी नेपाल भित्रिएको थियो ।
१०० भन्दा ठूलो तर १५० किलोवाटसम्मका १३ वटा विद्युतीय चारपांग्रे सवारी आयात भएको छ । १५० किलोवाटभन्दा माथि २०० किलोवाटसम्मका ६९२ वटा विद्युतीय कार जिप र भ्यान आयात भइसकेको छ । ३ सय किलमेवाटभन्दा धेरैका २ वटा सवारी नेपाल भित्रिएको छ । ६ महिनमा करिब ३ अर्ब २४ करोड रुपैयाँ मूल्य बराबरको विद्युतीय सवारी आयात भएको छ ।