२०८२ वैशाख १६, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाजसहिदकाे बलिदानको उच्च मूल्यांकन गर्दै समतामूलक समाज निर्माणमा लाग्न राष्ट्रपतिको आह्वान

सहिदकाे बलिदानको उच्च मूल्यांकन गर्दै समतामूलक समाज निर्माणमा लाग्न राष्ट्रपतिको आह्वान


काठमाडाैं – राष्ट्रपति विद्यादेवी भण्डारीले दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आका‌ंक्षा पूरा गर्नेतर्फ अग्रसर हुनु नै सहिदप्रतिको सच्चा श्रद्धाञ्जलि हुने बताएकी छन् ।

सहिद दिवसका सन्देश जारी गर्दै भण्डारीले सहिदकाे बलिदानको उच्च मूल्यांकन गर्दै सामाजिक न्यायसहितको समतामूलक र सभ्य समाज निर्माण गर्ने सहिदको आकांक्षालाई साकार बनाउन सबैले आआफ्नो तर्फबाट खेल्नुपर्ने भूमिकालाई इमान्दारीका साथ पूरा गर्नका लागि यस दिवसले थप प्रेरणा प्रदान गर्ने बताएकी हुन् ।

सहिदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठलगायत सम्पूर्ण ज्ञातअज्ञात अमर सहिदहरूप्रति राष्ट्रपति भण्डारीले श्रद्धाञ्जलि अर्पण गरेकी छन् । आज आइतबार सहिद दिवस हाे ।


क्याटेगोरी : समाज
ट्याग : #राष्ट्रपति विद्यादेवी भण्डारी, #सहिद दिवस


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ