२०८१ माघ २४, बिहीबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्राष्ट्रियविश्व इतिहासमा आज

विश्व इतिहासमा आज

आज ३१ जनवरी २०२२ । विश्व इतिहासमा आज विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ विश्वमा आज भएका केही घटनाः


श्रीलंकामा शक्तिशाली विस्फोट

सन् १९९६ मा श्रृलंकामा शक्तिशाली बम बिस्फोट हुँदा ९१ जनाको मृत्यु भएको थियो । राजधानी कोलम्बोस्थित केन्द्रीय बैंक अगाडि बिखन्डनकारी तमिल विद्रोहीले विस्फोटक पदार्थले भरिएको एउटा ट्रकलाई बिस्फोट गराएको थियो ।

अमेरिकामा दास प्रथा अन्त्य
सन् १८६५ मा अमेरिकी संविधानमा १३ औं संशोधन परित भएको थियो । सो संशोधनले अमेरिकाले औपचारिक रुपमा नै दासप्रथा अन्त्य गरेको थियो ।

बेलायत औपचारिक रुपमा इुयुबाट अलग
आजकै दिन बेलायत औपचारिक रुपमा युरोपेली युनियनबाट अलगत भएको थियो । ब्रेक्जिटका पक्षमा मतदान गरेको तीन वर्षभन्दा बढी समयपछि विभिन्न चरणमा भएका वार्तापछि ३० जनवरी २०२० मा बेलायत युरोपेली युनियनबाट अलग भएको थियो ।

म्यानमार प्रजातन्त्रतर्फ उन्मुख
सन् २०११ मा म्यानमारको पहिलो निर्वाचित संसद वैठक बसेको थियो । सो घटनाले म्यानमारलाई प्रजातान्त्रतर्फ उन्मुख बनाएको थियो ।

अलास्का एयरलाइन्सनको विमान दुर्घटना
सन् २००० मा अलास्का एयरलाइन्सको उडान नम्बर २६१ को विमान प्रशान्त महासागरमा खस्दा विमानमा सवार सबै ८८ जनाको मृत्यु भएको थियो ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ