ट्रेड टावर लिमिटेडले पनि साढे ११ लाख कित्ता आइपीओ बिक्रीमा ल्याउने भएको छ। ट्रेड टावर ग्रुपको प्यारेन्ट कम्पनी हुन । कम्पनीले आइपीओ निष्काशनको लागि लक्ष्मी क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ।
कम्पनीले १०० रूपैयाँ अंकित दरको ११ करोड ५८ लाख ९८ हजार रुपैयाँ बराबरको ११ लाख ५८ हजार ९८० कित्ता साधारण शेयर जारी गर्न लागेको हो। कम्पनीले जारी पूँजी ४६।५ करोड रूपैयाँको २४।९५ सर्वसाधारणहरुलाई शेयर आईपीओ निष्काशन गर्न लागेको हो।
ट्रेड टावर लिमिटेड २०६७ साल देखि लिमिटेड कम्पनीको रुपमा संचालनमा रहेको कम्पनी हो। कार्यकारी अध्यक्ष शिवहरि दंगाल रहेका छन्। कम्पनीले अहिले जनता आवासका साथै थापाथलीको ट्रेड टावर सञ्चालन गर्दै आएको छ।
कम्पनीका उद्देश्यहरु मध्ये होटेल–हस्पिटालिटी, लिजिङ्ग एण्ड फाईनान्सीङ्ग, लगायत पूर्वाधारका परियोजना विकास गर्ने तथा लगानी गर्ने योजना छ।
यस कम्पनीको नेतृत्वमा हाल नेपाल खाद्य संस्थानको थापाथली स्थित जग्गा लिजमा लिई नेपालकै सबै भन्दा ठुलो सिंगल विल्डिङ्ग कम्प्लेक्स विगत १३ वर्षदेखि संचालित गरिएको छ ।
यसैगरी ललितपुर–भैसेपाटी रेडियो टावरसंगै जोडिएको १९० वटा अपार्टमेन्ट निर्माण गरी यो आयोजना सम्पन्न गरिएको छ । गौशाला स्थित पशुपतिनाथ वरिपरी विभिन्न परियोजनको लागि ३६ बर्षको लागि करिब ४ रोपनी जग्गा लिजमा लिएको छ ।