२०८२ वैशाख १६, सोमबार
Health Aawaj logo
गृहपृष्ठराजनीतिस्वास्थ्यमन्त्री विरुद्ध अख्तियारमा उजुरी, २४ लाख डोज खोप हिनामिनाको आरोप

स्वास्थ्यमन्त्री विरुद्ध अख्तियारमा उजुरी, २४ लाख डोज खोप हिनामिनाको आरोप


राज्यकोषको २ अर्ब ५० करोड रुपैयाँ हिनामिनाको आरोप स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडालाई लगाउँदै नेकपा एमालेमा आवद्ध राष्ट्रिय युवा संघ, नेपालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री खतिवडाले जिम्मेवारी बहन गरेपछि कोभिड–१९ विरुद्धको २४ लाख डोज खोप हराएको र सो को मूल्य करिब २ अर्ब ५० करोड रुपैयाँ रहेकाले हिनामिनामा मन्त्रीको संलग्नता रहेको राष्ट्रिय युवा संघ, नेपालले आरोप लगाएको छ ।

 

‘स्वास्थ्य मन्त्रालय भित्रैबाट २४ लाख डोज खोप हराएको छ । जनताको स्वास्थ्य सुरक्षाको ग्यारेन्टी लिएको सरकार र स्वास्थ्य मन्त्रालय भित्रैबाट २४ लाख डोज खोप हराउनु भनेको अत्यन्त लज्जास्पद र अत्यन्त जनघाति कदम हो । कहीँ स्टोरेजको लिकेजबाट अथवा अन्य डाटावेश संकलन नभएको भन्ने कुतर्क दिदैँ यो प्रकरणको ढाकछोप गर्न खोजिएको छ,’ उनले भने – ‘२ अर्ब ५० करोड रुपैयाँ बराबरको राज्यस्रोतको दुरुपयोग भएको छ । भ्रष्टाचार छ । स्वास्थ्यमन्त्री र यो प्रकरणमा संलग्न अन्य व्यक्तिहरुको छानविन गरी आवश्यक कारबाहीको प्रक्रियामा ल्याउनको निम्ति मुद्धा दर्ता गरेका छौँ ।’

अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ३ बमोजिम अध्यक्ष पौडेलले मन्त्री खतिवडाविरुद्ध उजुरी दर्ता गराएको छ ।


क्याटेगोरी : राजनीति, समाज
ट्याग : #कोभिड–१९, #खोप, #स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ