२०८२ वैशाख १७, मंगलबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्राष्ट्रियक्रिप्टोकरेन्सीलाई पहिलो पटक वैधानिक मान्यता, कारोबार नगर्न आईएमएफको सुझाव

क्रिप्टोकरेन्सीलाई पहिलो पटक वैधानिक मान्यता, कारोबार नगर्न आईएमएफको सुझाव


एल साल्भाडोर, क्रिप्टोकरेन्सीलाई पहिलो पटक वैधानिक टेन्डरको मान्यता दिने राष्ट्र बनेको छ।

अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले सेन्ट्रल अमेरिकी राज्यहरुमा क्रिप्टोकरेन्सीको कारोबार नगर्न सुझाव दिएको छ ।

विश्व अर्थतन्त्रमाथि चुनौती बन्दै गएको क्रिप्टोकरेन्सी प्रयोग नगर्न आईएमएफको सुझावलाई एल साल्भाडरका ट्रजरी मन्त्री एलजेन्ड्रो जेलायाले ठाडै अस्वीकार गरेका छन् ।

‘बिटकोेइन राष्ट्रिय सार्वभौमताको विषय भएको र कुनै अन्तर्राष्ट्रिय संस्थाले यो गर त्यो गर भन्नुले कुनै अर्थ नराख्ने’ जेलायाले स्थानीय टेलिभिजनमा बताए । “राष्ट्रहरु स्वतन्त्र हुन्छन् र जनहितको लागि बनाइएका नीति सरकारका सार्वभौम निर्णय हुन्छन् ।” पनि भनेका छन् ।

गत साता आइएमएफले एल साल्भाडोरलाई क्रिप्टोकरेन्सीबाट जम्मा भएको १५० मिलियन अमेरिकी डलरलाई विघटन गर्न र प्रयोग नभएको फन्डलाई आईएमएफको ट्रेजरीमा जम्मा गर्न सुझाव दिएको थियो ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय, अर्थतन्त्र
ट्याग : #क्रिप्टोकरेन्सी


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ