२०८१ माघ २४, बिहीबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्राष्ट्रियविश्व इतिहासमा आजः अफ्रिकन नेसनल कंग्रेसमा प्रतिबन्धदेखि युगान्डामा इडीको उदय

विश्व इतिहासमा आजः अफ्रिकन नेसनल कंग्रेसमा प्रतिबन्धदेखि युगान्डामा इडीको उदय


आज २०२२ को २ जनवरी । प्रस्तुत छ विश्व इतिहासमा आज भएका केही महत्वपूर्ण घटनाः

 दक्षिण अफ्रिका रंगभेद व्यवस्था अन्त्यतर्फ उन्मुख
सन् १९९० मा दक्षिण अफ्रिकामा रंगभेद व्यवस्था अन्त्यतर्फ उन्मुख भएको थियो । २ जनवरीमा तत्कालीन राष्ट्रपति डी क्लर्कले अफ्रिकन नेसनल कंग्रेस (एएनसी) माथि लगाउदै आएको प्रतिबन्ध फुकुवा गरिएको घोषणा गर्दै रंगभेद विरोधी नेता नेल्सन मन्डेललाई रिहा गर्ने तयारी गरेका थिए ।

जेम्स जोइसको कृति
सन् १९२२ को २ फेब्रुवरीमा जेम्स जोइसको कृति युलिस्सेस प्रकाशित भएको थियो । सो उपन्यासलाई आधुनिक साहित्यको सबैभन्दा महत्वपूर्ण पुस्तक मानिन्छ । सन् १८८२ को २ फेब्रुवरीमा जन्मिएका जोइसको मृत्यु सन् १९४१ को जनवरीमा स्वीट्जरल्यान्डको जुरिचमा भएको थियो ।

युगान्डामा क्रूर शासनको सुरुवात
सन् १९७१ मा युगान्डमा इडी अमिनले आफूलाई देशको राष्ट्रपति घोषणा गरेका थिए । आठ वर्ष लामो उनको शासनकाल क्रूरता र  दमनका लागि कुख्यात छ ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ