२०८१ माघ २०, आईतबार
Health Aawaj logo
गृहपृष्ठप्रदेशगण्डकी प्रदेशमर्स्याङदी गाउँपालिकाले होमस्टे र ‘रक क्लाइम्बिङ’ लाई बाँड्याे २५ लाख

मर्स्याङदी गाउँपालिकाले होमस्टे र ‘रक क्लाइम्बिङ’ लाई बाँड्याे २५ लाख


लमजुङ – लमजुङको मर्स्याङदी गाउँपालिकाले पर्यटन प्रवर्द्धनका लागि भन्दै हाेमस्टे, ‘रक क्लाइम्बिङ’, मन्दिर र पार्कका लागि २५ लाख रुपैयाँ बाँडेकाे छ ।

पाँच वटा होमस्टेले २/२ लाख रुपैयाँ पाएका छन् । घनपोखरा होमस्टे, सिउरुङ होमस्टे, खानीगाउँ (रक गार्डेन) होमस्टे, भुष्मे होमस्टे र भलामचौर होमस्टेलाई २ लाखका दरले बजेट विनियोजन गरिएकाे गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले जानकारी दिए ।

रकमबाट आवश्यकता अनुसार संरचना निर्माण, पूर्वाधार विकास तथा विविध क्रियाकलाप गर्न पाइनेछ ।

दुई वटा ‘रक क्लाइम्बिङ’ लाई पनि बजेट दिइएकाे छ । मर्स्याङदी ४, च्याम्चेमा रहेको तारेभिर ‘रक क्लाइम्बिङ’ लाई पाँच लाख  र घनपोखरका तेम्रो झरना पर्यटन विकासका लागि बान्द्रेभिर ‘रक क्लाइम्बिङ’ अध्ययनका लागि एक लाख बजेट दिइएकाे छ ।

ताङलीचोकमा रहेको डा. हर्क गुरुङ पार्क प्रवर्द्धनका लागि दुई लाख, भिरपुस्तुन कालिका मन्दिर संरचना निर्माणका लागि दुई लाख र पालिका अन्तर्गत आवश्यकीय पर्यटन प्रवर्द्धनका लागि एक लाख रुपैयाँ छुट्याएको गाउँपालिकाले जनाएको छ ।

 पर्यटकीय गन्तव्य हर्सिङ डाँडामा खानेपानी तथा शौचालय संरचना निर्माण तथा व्यवस्थापनका लागि दुई लाख रुपैयाँ विनियोजन गरेको गाउँपालिकाका उपाध्यक्ष होमबहादुर विकले बताए ।


क्याटेगोरी : गण्डकी प्रदेश
ट्याग : #मर्स्याङदी गाउँपालिका


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ