२०८१ माघ २२, मंगलबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रपाँच क्यासिनोलाई अल्टिमेटम, भुक्तानी नगरे इजाजत रद्द हुने सरकारको चेतावनी

पाँच क्यासिनोलाई अल्टिमेटम, भुक्तानी नगरे इजाजत रद्द हुने सरकारको चेतावनी


क्यासिनो रोयल्टी तथा नवीकरण वापतको बाँकी बक्यौता बुझाउन पर्यटन विभागले ५ कम्पनीलाई सात दिनको अल्टिमेटम दिएको छ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले रोयल्टी र नवीकरणबापतको ८६ करोड रकम तिर्न आलटाल गर्ने पाँच क्यासिनोलाई ७ दिनको म्याद दिएको हो। यदि सात दिनभित्र बक्यौता भुक्तानी नगरे इजाजत रद्द गर्ने मन्त्रालयले निर्णय गरेको छ।

बक्यौता भुक्तानी नगरे सबैभन्दा बढी ह्याप्पी आवरले २१ करोड ५५ लाख, होटेल याक एन्ड यतीले २० करोड ६८ लाख १५ हजार, ओरियन्टल ९र्‍याडिसन० ले १८ करोड ७६ लाख, सेन्ट्रल मिडियाले १३ करोड ३९ लाख ५० हजार र रक इन्टरनेसनलले ११ करोड ४५ लाख ८२ हजार ८ सय ४८ तिर्न रहेको छ।

यी क्यासिनोहरुले कुल ८५ करोड ८४ लाख ४७ हजार ८ सय ४८ रूपैयाँ सरकारलाई नवीकरणबापत तिर्न बाँकी छ।

यी कम्पनीहरुलाई यसअघि २०७८ कात्तिक र पुस महिनामा दुई पटक सूचना जारी गरी बक्यौता बुझाउन भनिएको थियो । तर हालसम्म पनि बक्यौता रकम दाखिला नगरेपछि विभागले सार्वजनिक सूचना जारी गरी सात दिनको म्याद दिएको हो ।

विभागले सात दिनभित्र पनि बक्यौता रकम दाखिला नगरे कानून बमोजिम कारबाही गर्ने जानकारी दिएको छ ।


क्याटेगोरी : अर्थतन्त्र, राजनीति
ट्याग : #क्यासिनो, #संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ