२०८२ वैशाख १६, सोमबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रगोरखा स्ट्रङ नामक बियरको बोटलमा अखाद्य वस्तु भेटियो

गोरखा स्ट्रङ नामक बियरको बोटलमा अखाद्य वस्तु भेटियो


गोरखा स्ट्रङ’ को नामक बियरको बोटलमा अखाद्य वस्तु भेटिएको छ। गोरखा ब्रुअरीले उत्पादन गर्ने बियर कम्पनी हो । यी बियरमा जौको मात्रा ५० प्रतिशत राख्नुपर्नेमा गोरखा ब्रअुरीले कनिका राखेर बियर बनाउने गरेको पाईएको हो।

गोरखा स्ट्रङ’ बियरको बोटलमा अखाद्य वस्तु ‘प्लास्टिक’ भेटिएको भिडिओ सार्वजनिक भएको छ। नेपाली जनताको स्वास्थ्यमाथि खेलबाड गर्ने बियर उत्पादक कम्पनी बन्द गराएर छाड्ने मात्र नभई यो मुद्दा लिएर सर्वोच्च अदालत पनि जाने भएका छन्।

आम नेपाली टेलिभिजनका सञ्चालक तथा मिसन भण्डाफोरका टिम लिडर दीपेन्द्र ढकालले गोरखा ब्रुअरीले उत्पादन गर्ने बियर ‘गोरखा स्ट्रङ’ को बोटलमा अखाद्य वस्तु भेटिएकोबारे समाचार बाहिर ल्याएका हुन्।

 


क्याटेगोरी : अर्थतन्त्र
ट्याग : #गोरखा स्ट्रङ, #सर्वोच्च अदालत


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ