२०८२ वैशाख १६, सोमबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रसुनको मूल्य एक सयले बढ्यो

सुनको मूल्य एक सयले बढ्यो


 

काठमाडौँ – साताकाे दाेस्राे दिन साेमबार नेपाली बजारमा सुनको भाउ प्रतितोला एक सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलाको ९२ हजार ६ सय रुपैयाँ कायम भएको छ । आइतबार छापावाल सुन तोलाकाे ९२ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजावी सुनको भाउ तोलामा ९२ हजार एक सय रुपैयाँ निर्धारण भएको छ ।

चाँदीको मूल्य प्रतितोलामा पाँच रुपैयाँले बढेको छ  । शुक्रबार एक हजार २५० रुपैयाँमा कारोबार भएको चाँदी साेमबार प्रतितोलामा एक हजार २५५ रुपैयाँ निर्धारण भएको छ ।


क्याटेगोरी : अर्थतन्त्र, कर्पोरेट
ट्याग : #नेपाल सुनचाँदी व्यवसायी महासंघ


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ