२०८१ माघ २३, बुधबार
Health Aawaj logo

काठमाडौंको नयाँ बानेश्वर, माइतीघर लगायतको स्थानबाट अमेरिकी सहयोग परियोजना एमसीसी संसदमा पेश गर्न लागेको विरोधमा प्रदर्शनमा उत्रिएका १३५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

संघीय संसद भवन नयाँ बानेश्वर क्षेत्रमा निषेधित क्षेत्र तोकेको छ । प्रदर्शनकारीहरु निषेधित क्षेत्र प्रवेश गर्न खोजेपछि पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

प्रदर्शनकारीहरु निषेधित क्षेत्र तोडेर अगाडि बढेपछि अवस्था तनावग्रत दिनभरी रहयो ।

एमसीसीको विरोधमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासहितका दलको मोर्चाले बुधबार नेपाल बन्द नै घोषणा गरेको छ । साथै सत्तारुढ नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीका कार्यकर्ता सडकमा आएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीले समेत पनि एमसीसीको विरोधमा प्रदर्शन उत्रिएका छन ।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #एकीकृत समाजवादी पार्टी, #एमसीसी, #नेकपा माओवादी केन्द्र, #नेत्रविक्रम चन्द विप्लव


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ