२०८१ माघ १७, बिहीबार
Health Aawaj logo
गृहपृष्ठराजनीतिएमसीसीको विरोध प्रदर्शनले नयाँ बानेश्वर, माइतीघर लगायतको स्थान दिनभरी तनावपूर्ण

एमसीसीको विरोध प्रदर्शनले नयाँ बानेश्वर, माइतीघर लगायतको स्थान दिनभरी तनावपूर्ण


काठमाडौंको नयाँ बानेश्वर, माइतीघर लगायतको स्थानबाट अमेरिकी सहयोग परियोजना एमसीसी संसदमा पेश गर्न लागेको विरोधमा प्रदर्शनमा उत्रिएका १३५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

संघीय संसद भवन नयाँ बानेश्वर क्षेत्रमा निषेधित क्षेत्र तोकेको छ । प्रदर्शनकारीहरु निषेधित क्षेत्र प्रवेश गर्न खोजेपछि पक्राउ गरिएको प्रहरीको भनाइ छ । प्रदर्शनकारीहरु निषेधित क्षेत्र तोडेर अगाडि बढेपछि अवस्था तनावग्रत दिनभरी रहयो ।

एमसीसीको विरोधमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासहितका दलको मोर्चाले बुधबार नेपाल बन्द नै घोषणा गरेको छ । साथै सत्तारुढ नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीका कार्यकर्ता सडकमा आएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीले समेत पनि एमसीसीको विरोधमा प्रदर्शन उत्रिएका छन ।


क्याटेगोरी : राजनीति, समाचार, समाज
ट्याग : #एमसीसी, #नेकपा माओवादी केन्द्र, #नेत्रविक्रम चन्द विप्लव, #राष्ट्रिय प्रजातन्त्र पार्टी


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ