२०८२ वैशाख १६, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसिद्धार्थ बैंकले तीन अर्बको ऋणपत्र बिक्र खुला गर्ने

सिद्धार्थ बैंकले तीन अर्बको ऋणपत्र बिक्र खुला गर्ने


काठमाडौं । सिद्धार्थ बैंकले तीन अर्ब रूपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र आजबाट आगामी २० गतेसम्म आवेदन गर्न पाइने गरी विक्रि खुल्ला गरेको छ ।

बैंकले प्रतिसेयर एक हजार रुपैयाँमा ८.५० प्रतिशत ब्याजदरमा सात वर्षे ऋणपत्र निष्कासन गर्न लागेको कुल कित्तामध्ये १८ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गर्नेछ भने बाँकी १२ लाख कित्ता सर्वसाधारणका लागि निष्कासन गर्ने जनाएको छ।

तोकिएको अवधिमा सबै ऋणपत्र बिक्री नभएमा बैंकले असोज ३० गतेसम्म बिक्री गर्ने बताएको छ।

सर्वसाधारणका लागि निष्कासन गर्ने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ६० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। त्यसैगरी सर्वसाधारणले बाँकी ११ लाख ४० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। बैंकले यसरी बिक्री गरेको ऋणपत्रको शतप्रतिशत रकम कर्जामा लगानी गर्न पाउनेछ।

सो ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ताका लागि आवेदन दिन सक्नेछन् भने अधिकतम सम्पूणर् कित्ताका लागि आवेदन दिन सक्नेछन्। बैंकले ऋणपत्रको ब्याजदर प्रत्येक आर्थिक वर्षको प्रथम र द्वितीय अर्धवार्षिक अवधि समाप्त भएपश्चात भुक्तानी गर्ने बताएको छ। ऋणपत्रको निष्कासन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेडलाई तोकिएको छ।

बैंकको अधिकृत पुँजी १० अर्ब ५० करोड रहेको छ । त्यस्तै जारी पुँजी ९ अर्ब ७८ करोड ७७ लाख छ। चुक्ता पुँजी ९ अर्ब ७८ करोड ७७ लाख रहेको छ । सेयर संरचना संस्थापक ५१ र सर्वसाधारण ४९ प्रतिशत छ। बैंकले यस अघि पनि ५ अर्ब १६ करोड २५ लाख बराबरको ऋणपत्र जारी गरिसकेको छ। बैंकले यस अघि ७.५० प्रतिशत ब्याजदरमा २०७८, १०.५० प्रतिशतमा २०८२ र १०.२५ प्रतिशत ब्याजदरमा २०८३ नामको ऋणपत्र जारी गरिसकेको छ।

यस पटक ऋणपत्र जारी गरेको ऋणपत्रलाई इक्रा नेपालले इक्राएनपी आइआर ए-माइनस दरेट रेटिङ प्रदान गरेको छ। यो रेटिङ प्राप्त गर्ने संस्था समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा पर्याप्त मात्रामा सुरक्षित मानिन्छ र यस्ता संस्थाहरुको न्यून कर्जा जोखिम रहेको हुन्छ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ