२०८२ वैशाख १६, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारएमसीसी अनुमोदनविरुद्ध तोडफोडपछि सुर्खेतमा कर्फ्यू

एमसीसी अनुमोदनविरुद्ध तोडफोडपछि सुर्खेतमा कर्फ्यू


अमेरिकी सहयोग परियोजना ९एमसीसी० अनुमोदनको विरोधमा प्रदर्शनकारीमा उत्रिएसँगै सुर्खेतको वीरेन्द्रनगरमा कर्फ्यू आदेश जारी गरिएको छ ।

तोडफोड सहित प्रदर्शन चर्किएपछि जिल्ला प्रशासन कार्यालय सुर्खेतले कर्फ्यू आदेश जारी गरेको हो ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले गरेको बन्दका क्रममा सोमबार साँझ एमसीसी विरोधी प्रदर्शन चर्किएको थियो ।

स्थानीय प्रशासनले प्रदर्शन नियन्त्रण बाहिर गएको भन्दै सोमबार साँझ सवा ८ बजेदेखि मंगलबार साँझ ७ बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेको हो ।

विभिन्न दलहरुको पार्टी कार्यालयमा तोडफोड र आगजनी बन्दकर्ताले गरेका छन् ।

जिल्ला प्रशासन सुर्खेतका अनुसार वीरेन्द्रनगरको पूर्वमा इत्राम खोला, पश्चिममा बाङ्गेसिमल, उत्तरमा कपासे ब्यारेक र दक्षिणमा रत्नराजमार्गको ५ सय मिटर क्षेत्रसम्म कर्फ्यू जारी छ ।

 


क्याटेगोरी : समाचार
ट्याग : #एमसीसी, #नेत्रविक्रम चन्द विप्लव, #सुर्खेत


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ