गृहपृष्ठ ∕ खेलकुद ∕ क्रिकेटर सेन वार्नको आकस्मिक निधन क्रिकेटर सेन वार्नको आकस्मिक निधन Karobarpati शुक्रबार, २०७८ फागुन २० गते, २०:३० मा प्रकाशित अस्ट्रेलियन क्रिकेट टोलीका पूर्व बलर शेन वार्नको मृत्यु भएको छ । अस्ट्रेलियन टोलीका पूर्व लेग स्पिनर ५२ वर्षीय वार्नको शुक्रबार ‘शंकास्पद ह्रदयघात’ का कारण मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले पुष्टि गरेका छन् । वार्नले सन् १९९२ मा भारतविरुद्धको टेस्ट क्रिकेटबाट अन्तर्राष्ट्रिय क्रिकेटमा ‘डेब्यु’ गरेका थिए ।यस्तै, उनले सन् १९९३ मा भएको न्युजिल्यान्डविरुद्धको खेलबाट एकदिवसीय क्रिकेटमा डेब्यु गरेका थिए ।उनले सन् २००७ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका थिए । वार्न लेग स्पिनमा उत्कृष्ट ‘टर्न’ का लागि विश्वभर प्रख्यात थिए । सन् १९६९ को सेप्टेम्बर १३ मा जन्मिएका वार्नले एक सय ४५ टेस्ट र एक सय ९४ एकदिवसीय गरी अस्ट्रेलियाबाट तीन सय ३९ खेल खेलेका छन् ।उनले टेस्ट क्रिकेटका दुई सय ७३ इनिङ्समा सात सय आठ विकेट लिएका छन् । यस्तै उनले एक सय ९१ एकदिवसीय इनिङ्समा दुई सय ९३ विकेट लिएका छन् । वार्नले टेस्ट र एकदिवसीयमा अस्ट्रेलियाबाट चार हजार एक सय ७२ रन बनाएका छन् । क्याटेगोरी : खेलकुद तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार इटालीलाई हराउदै स्पेन युरोकपको नकआउट चरणमा टी-२० विश्वकप- अफगानिस्तानमाथि भारत ४७ रनले विजयी टी-२० विश्वकप- वेस्ट इन्डिजमाथि ईङल्याण्ड ८ विकेटले विजयी युरोकप: स्वीजरल्याण्ड र स्कटल्याण्ड बराबरीमा रोकिए रोहित पौडेलसँग आक्रामक व्यवहार गरेका बंगलादेशी बलरलाई जरिवाना टर्कीको युरोकपमा विजयी शुरुवात धेरै पढिएका १ तारकेश्वर मेयर कप ब्याडमिन्टन सम्पन्न २ हिमालयन बैंकले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने ३ मुख्य निर्वाचन अधिकृतका लागि न्याय परिषदबाट ७७ जना नाम सिफारिस ४ बाजुराको बुढीगंगा नगरपालिकामा चुनाव जारी ५ निर्वाचन आयोगले थाल्यो प्रत्यक्षतर्फको मतपत्र छपाइ ६ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा ७ ग्लोबल आइएमई बैंकद्वारा १६औँ वर्षमा प्रवेशको उपलक्ष्यमा कर्मचारीहरुलाई सम्मान ट्रेण्डिङ ग्लोबल आइएमई बैंकद्वारा १६औँ वर्षमा प्रवेशको उपलक्ष्यमा कर्मचारीहरुलाई सम्मान सामाजिक कार्यमा अग्रसर तुलसी बहुमुखी सहकारी ग्लोबल आइएमई बैंकका एससीटी डेबिट कार्ड प्रयोगकर्तालाई दशैंमा ३३.३३ प्रतिशत क्यासब्याक डिजिटल बैकिङ्गमा सिटिजन्स बैंकको थप सुविधा चालू पुँजी कर्जा मार्गदर्शन संशोधन, अब ५ किस्तामा कर्जा भुक्तानी गर्न सकिने राष्ट्र बैंकको कारबाहीमा ३ वाणिज्य बैंक मुक्तिनाथ विकास बैंक र वैकल्पिक ऊर्जा प्रवद्धन केन्द्रबीच सम्झौता ग्लोबल आइएमई बैंकद्वारा १६औँ वर्षमा प्रवेशको उपलक्ष्यमा कर्मचारीहरुलाई सम्मान सामाजिक कार्यमा अग्रसर तुलसी बहुमुखी सहकारी ग्लोबल आइएमई बैंकका एससीटी डेबिट कार्ड प्रयोगकर्तालाई दशैंमा ३३.३३ प्रतिशत क्यासब्याक डिजिटल बैकिङ्गमा सिटिजन्स बैंकको थप सुविधा चालू पुँजी कर्जा मार्गदर्शन संशोधन, अब ५ किस्तामा कर्जा भुक्तानी गर्न सकिने राष्ट्र बैंकको कारबाहीमा ३ वाणिज्य बैंक मुक्तिनाथ विकास बैंक र वैकल्पिक ऊर्जा प्रवद्धन केन्द्रबीच सम्झौता