२०८२ वैशाख १६, सोमबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रसरकारको ऐतिहासिक निर्णय रात्रिकालीन व्यवसायलाई २४ घण्टा सञ्चालन गर्न अनुमति

सरकारको ऐतिहासिक निर्णय रात्रिकालीन व्यवसायलाई २४ घण्टा सञ्चालन गर्न अनुमति


काठमाडौं । सरकारले रात्रिकालीन व्यवसाय अब २४ घण्टा सञ्चालन गर्न अनुमति दिएको छ । रात्रिकालीन व्यापार व्यवसायमा कुनै समय सिमा नरहने भएको छ ।

तसर्थ होटल, रेस्टुरेन्ट, डान्स(दोहोरी(क्लब, लाउन्ज बार लगायत सबै खाले रात्रिकालीन व्यवसायलाई २४ घण्टा सञ्चालन गर्न दिने निर्णय गरेको छ ।

गृहमन्त्री बालकृष्ण खाँणले रात्रिकालीन व्यवसाय सञ्चालनबारे अध्ययन गरेर मापदण्ड बनाउन मन्त्रालयका शान्ति सुरक्षा महाशाखाका प्रमुख फणिन्द्रमणि पोखरेलको नेतृत्वमा १४ सदस्यीय कार्यदल गठन गरेका थिए ।

मन्त्रालयका एक अधिकारीका अनुसार कार्यदलको सिफारिस अनुसार रात्रिकालीन व्यवसायलाई २४ सै घण्टा सञ्चालन गर्न दिने निर्णय भएको बताए ।

 


क्याटेगोरी : अर्थतन्त्र, समाचार
ट्याग : #गृहमन्त्री बालकृष्ण खाँण, #सरकार


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ