काठमाडौं।जनरल इन्स्योरेन्स कम्पनीले निष्काशन गरेको साधारण शेयर कहिले बाँडफाँड हुन्छ ? ८ लाख २० हजार ४३१ जना आवेदकहरुको प्रश्न यहि हो । अहिले नै मिति भने तोक्न सकिदैन् तर आउने हप्ताभित्र आइपिओ बाँडफाँड हुन सक्ने प्रबन्धक एनआइबीएल एस क्यापिटल भनाइ रहेको छ ।
इन्स्योरेन्स कम्पनीको सेयर मागको तुलनामा ८.२९ गुणा बढी आवेदन आएको छ । आइपीओमा २ लाख ७३ हजार जना आवेदकले मात्र १० कित्ताका दरले सेयर हात पार्ने देखिएको छ ।
२ लाख ७३ हजार जनालाई १० कित्ताका दरले सेयर वितरण गर्दा सर्वसाधाणको लागि बिक्री खुला गरिएको २७ लाख ३० हजार कित्ता सेयर समाप्त हुनेछ । आवेदन दिएका ५ लाख ४७ हजार जना आइपीओ नपाउने भएका छन् ।
कम्पनीले असोज ११ गतेदेखि असोज १४ गते सम्म ३० लाख कित्तामध्ये १ लाख २० हजार कित्ता संस्थाका कर्मचारी र १ लाख ५० हजार कित्ता म्युचुअल फण्डहरुका लागि छुटयाइ आइपिओ निष्काशन गरेको थियो । बाँकी २७ लाख ३० हजार कित्ता शेयर सर्वसाधारणमा बाँडफाँड हुनेछ ।
जसमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन गर्न पाइने व्यवस्था रहेको थियो ।