काठमाडौं । टोयोटा गाडीको नेपालका लागि एकमात्र आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेटले नेपालमा टोयोटा कोरोला क्रस एसयूभीको बिक्री सुरु गरेको छ ।
जापनिज कारहरु मध्ये टोयोटा कारहरु नेपालमा अत्यन्त रुचाएको कार हो । क्रस एसयुभी थाइल्यान्डमा निमाणर् गरिएको विश्व प्रसिद्ध कारको नयाँ संस्करण हो । ४ सिलिन्डरको कार टीजीएनए प्लेटफर्ममा तयार भएको हुँदा यसले अत्याधुनिक डिजाइन, स्थिरता र पूणर् कार्य क्षमतालाई समर्थन गर्ने र सीभीटी ट्रान्समिसन कार हो । यस किसिमको नयाँ ट्रान्समिसन कार भएको कारण यो क्रस एसयूभी गति छिटो लिने, न्युन उत्सर्जन पैदा गर्ने खालको छ भने यो हलुका सवारीसाधन पनि बनेको कम्पनीले जनाएको छ ।
कारको बाह्य बनोटमा रहेको फ्रन्ट ग्रिलले राम्रो लुक दिन्छ । यो कार कच्ची सडकहरुका लागि समेत चलाउन उपयुक्त छ । कारको सम्पूणर् बडीमा रहेको एसेन्ट लाइनहरुले गाडीलाई आकर्षित स्वरुप दिएको छ । कोरोला क्रसमा सबैभन्दा लामो ह्विलबेस छ ।
टोयोटा कोरोला क्रस एसयूभी भित्री रुपमा पनि सुविधाजनक एवं आरामदायी रहेको कम्पनीले जनाएको छ । यो कारमा न्यून ५.२ मि.को मोडाउन मिल्ने व्यास छ । कोरोला क्रस एसयूभी नवीन टर्सन बिम सस्पेन्सनका साथ निर्माण भएको छ । यसैगरी डाइनामिक क्रुज नियन्त्रण, स्वचालित उच्च बिम लाइटलगायत विशेषता रहेको कम्पनीले जनाएको छ ।
कारको भर्चुअल बिक्री शुभारम्भमा वैद्यज अर्गनाइजेसन अफ इन्डस्ट्रिज एन्ड ट्रेडिङ हाउसका अध्यक्ष सुरज वैद्यले सम्पूणर् नयाँ प्रविधि रहेको यो कारले उपभोक्ताको जीवनमा एक नयाँ गति दिने बताए । “क्रस एसयूभी सेक्सनको नयाँ मोडेल हो, जुन तपाईंको चाहनाअनुकूल बनेर आएको छ,” उनले भने ।
हाल नेपालमा कोरोला क्रस एसयूभी २ किसिमको उपलब्ध छ । जसअनुसार इन्ट्री मोडलको बजार मूल्य एक करोड १२ लाख र हाई मोडलको एक करोड ३३ लाख रुपैयाँ छ ।