२०८२ वैशाख १६, सोमबार
Health Aawaj logo
गृहपृष्ठराजनीतित्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको तीन समस्या समाधान गर्न गृहमन्त्रीको निर्देशन 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको तीन समस्या समाधान गर्न गृहमन्त्रीको निर्देशन 


काठमाडौं – गृहमन्त्री बालकृष्ण खाणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक्स–रे मेसिन जडान गर्न, भिडभाड व्यवस्थापन गर्न र एटीएम मेसिन मर्मत गर्न निर्देशन दिएका छन् ।

अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराई, विमानस्थलका प्रमुख अध्यागमन अधिकृत पुष्पराज शाही, नागरिक उड्ययन प्राधिकरण, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरलगायतलाई सोमबार बोलाएर खाणले ती तीनवटै काम छिटो गर्न निर्देशन दिएका हुन् ।

गृहमन्त्री खाणले यात्रुहरूले समस्या पाइरहेको गुनासो आएपछि सम्बन्धित अधिकारीहरूलाई बोलाएर समाधानका लागि निर्देशन दिएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले बताए ।

बैठकमा गृह सचिव टेकनारायण पाण्डे र कर्मचारी प्रशासन महाशाखा प्रमुख टेकबहादुर केसी पनि सहभागी थिए ।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #अध्यागमन विभाग, #गृह मन्त्रालय, #गृहमन्त्री बालकृष्ण खाँण, #टेकनारायण पाण्डे, #टेकबहादुर केसी, #त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, #नागरिक उड्ययन प्राधिकरण, #नारायणप्रसाद भट्टराई, #पुष्पराज शाही, #प्रेमनाथ ठाकुर


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ