काठमाण्डौ । माछापुच्छ्रे बैंकले स्थापनाको २० वर्ष पूरा गरेको छ । २० बर्ष पूरा गरी २१ बर्षमा प्रवेश गरे सगै बैंकले ग्राहकलाई स्तरीय डिजीटल सेवा प्रदान गर्ने स्मार्ट बैंकको रुपमा स्थापित गर्ने जनाएको छ ।
बैंकले २० औं वार्षिकोत्सवको अवसर पारेर ग्राहक लक्षित विभिन्न ६ वटा स्मार्ट सेवा तथा योजनाहरु एकैसाथ संचालनमा ल्याएको छ जसअन्तर्गत बैंकले नेपाली बैंकिङ उद्योगमै पहिलोपटक वी च्याट वालेटको भुक्तानी सेवा संचालनमा ल्याएको छ ।
बैंकका ग्राहकहरुले क्युआर कोड स्क्यान गरी आफ्नो खाताबाट नगद निकाल्न सक्ने गरी एमबिएल स्मार्ट काउण्टरको पनि सुरुवात गरेको छ भने बैंकले आफ्नो नयाँ स्मार्ट वेबसाईट पनि असोज १६ गतेबाट सुरुवात गरेको हो ।
ग्राहकहरुले स्मार्ट वेबसाईट मार्फत बचत खाता खोल्न र क्रेडिट कार्डको अनलाईन आवेदन दिनसक्ने व्यवस्था मिलाइएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
माछापुच्छ्रे बैंके २० औं वार्षिकोत्सवको अवसरमा आफ्ना ग्राहक लक्षित विभिन्न २०/२० अफरहरु पनि संचालनमा ल्याएको छ ।
त्यस्तै,बैंकले दरबारमार्ग र लाजिम्पाटमा ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै प्रायोरोटिी काउण्टर पनि संचालनमा ल्याइने घोषणा गरेको छ ।बैंकको वार्षिकोत्सवको पूर्वसन्ध्यामा ओखलढुङ्गा जिल्लाको सिद्धिचरण नगरपालिकामा आफ्नो १६० औं शाखा कार्यालय समेत संचालनमा ल्याएको छ ।
स्थापनाको २१ वर्षमा आईपुग्दा हिमालदेखि पहाड, र तराईसम्म आफ्ना १६० वटा शाखाहरु, १३३ शाखारहित बैकिङ्ग इकाई, ५ वटा एक्सटेन्सन, १९९ वटा एटीएमहरुबाट ग्रहाकलाई बैंकिङ सुविधा प्रदान गरिरहेको छ ।